(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी एभर्टनसँग पराजित भएको छ । शनिबार भएको खेलमा एभर्टनले चेल्सीलाई ३-१ गोल अन्तरले हराएको हो ।
गुडिसन पार्कमा खेलको पाँचौ मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । ४९ औं मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई २-० को अग्रता दिलाए ।
५२ औं मिनेटमा माटियो कोभासिसले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए पनि जितका लागि भने पर्याप्त भएन । तर, खेलको ८४ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई ३-१ को जित दिलाए ।
जितसँगै एभर्टनले १६ खेलमा १७ अंक जोडेको छ । एभर्टन १४ औं स्थानमा रहेको छ । १६ खेलमा २९ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।
यस्तै, लिभरपुलले बर्नमाउथलाई ३-० ले हराएको छ । शनिबार राति बर्नमाउथको घरेलु मैदानमा लिभरपुलले जित निकालेको हो ।
जित सहित लिभरपुलले अंक तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको छ ।
यस्तै, इंग्लिस प्रिमियर लिगकाे शनिबार राति नै भएकाे अर्काे खेलमा टट्नह्ययाम हटस्पर विजयी भएकाे छ । बर्नली विरूद्धकाे खेलमा टट्नह्याम ५-० गाेल अन्तरले विजयी भएकाे हाे ।