चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

5
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्। जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन्। 

प्रधानमन्त्रीदाहालले प्रतिनिधिसभाको  बैठकमा विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

जसपा नेपाल (उपेन्द्र यादव पक्ष)ले यो सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएको थियो। संसदको गतिरोध कायम रहेको, नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले त्यस अगावै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

जेठ १ गते सरकारले नीति तथा कार्यक्रमा ल्याएको छ तर छलफल हुन सकेको छैन। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू