‘छानबिन गर्न नहुने के गृहमन्त्री स्वर्गबाट झरेको हो?’ – सांसद न्यौपाने

1

काठमाडौं – नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ।

प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी प्रकरणमा लामिछाने दोषी देखिएको दाबी गरेकी हुन्।

यसअघि मंगलबारको बैठकमा सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेका सम्बन्धमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताएका थिए।

सांसद न्यौपानेले बुधबारको बैठकमा आफूहरूले संसदीय समितिको माग गर्दा गृहमन्त्रीले अनावश्यक प्रतिक्रिया जनाएको समेत बताइन्। ‘गृहमन्त्रीज्यूले कांग्रेस अनावश्यक कुरा गरेको र संसद् अवरुद्ध गर्न चाहेको भन्नुभएको छ। अरूमाथि छानबिन गर्न समिति बनाउन हुने। उहाँ (लामिछाने) माथि नहुने? उहाँ के स्वर्गबाट आएको हो?’ न्यौपानेले प्रश्न गरिन्।

नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार संसद्मा सहकारी प्रकरणमा लामिछाने दोषी नरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले उनको बचाउ गरेका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू