दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

14

(दाङ) – दाङमा बिहीबार भएका छुटा छुटै दुर्घटनामा परी दुई जनाको मुत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ बसपार्कमा बसबाट झर्ने क्रममा पछाडिको टायरले किच्दा प्युठान माण्डबी गाउँपालिका वडा नम्बर ४ निवासी ४६ वर्षीया पबित्रा सुनारको मृत्यु भएको हो ।

बसले किचेर घाइते भएकी सुनारको लमही अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको थियो । बुटवलमा उपचारको क्रममा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बस र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

यस्तै, लमही नगरपालिका वडा नम्बर ६ बेलदमार नजिकै गएराति टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको छ ।

लमहीबाट घोराहीतर्फ जाँदैगरेको रा १ ब ५८७ नम्वरको मोटरसाईकललाई रा १ ख १२७१ नम्वरको टिप्परले ठक्कर दिँदा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका ४ का बन्धुराम चौधरीको मुत्यु भएको हो ।

समाचार वर्गहरू