छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गयो

76

काठमाडौं – सिन्धुलीमा छोराले बन्चरो प्रहारगरेर बुबाको हत्या गरेको गरेका छन् । हरिहरपुरगढी गाउँपालिका-७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेपछी उनको घटना स्थलमै ज्यान गएको थियो ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी क्यानेश्वरबाट गएको प्रहरी अधिकृतसहितको टोलीले विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।

समाचार वर्गहरू