जनकपुरको कुपेश्वरनाथ महादेव मन्दिरका वहुमुल्य मुर्तिहरु चोरी

11
फोटो- नेपाल समय

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट गएराति वहुमुल्य मुर्तिहरु चोरी भएको छ। उक्त मन्दिरको ढोकाको ताल्चा तोडेर ति मुर्तिहरु चोरी चोरी भएको धनुषा प्रहरिले जनाएको छ ।

राति अविरल वर्षा भइरहेको र पूजारीहरू निद्रामा रहेका बेला चोरहरूले मन्दिरमा रहेको प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार मन्दिरमा रहेको भगवान् शिवको मूर्ति तथा भगवान विष्णुको चतुर्भूज मूर्ति चोरी भएको छ। भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडि मात्रै खेतमा खेतालाहरूले जोतिरहेका समयमा भेटिएको थियो। ती मूर्तिहरू प्राचीन रहेको बताइएको छ।

यसका साथै दानपेटिकामा रहेको लगभग ४० हजार रूपैयाँसमेत चोरी भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। यद्यपि चोरहरू फेला नपरेको र अनुसन्धान भइरहेको उनले बताए।

समाचार वर्गहरू