जनक शिक्षा स्वतन्त्र कर्मचारी संघ अध्यक्षमा थापा निर्वाचित

7

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्रमा कार्यरत कर्मचारीहरुको युनियन जनक स्वतन्त्र कर्मचारी संघको साउन १८ र १९ गते सम्पन्न छैठौं महाधिवेशनबाट अध्यक्षमा रामचन्द्र थापा निर्वाचित भएका छन् ।

थापाले अध्यक्षका अन्य दुई उम्मेदवारलाई पराजित गराएका हुन् । निर्वाचित थापाले १०४ मत, अन्य दुई उम्मेदवार गोकर्ण थापाले ३७ मत र निरज जोशिले ३६ मत प्राप्त गरेका थिए ।

यसैगरी आगामी चार वर्षकालागि वरिष्ठ उपाध्यक्ष देव बहादुर केसि, उपाध्यक्ष प्रकाश ढुङ्गेल, महिला उपाध्यक्ष रजनी मधिकर्मि , महासचिव राजु मुस्याख्वा, सचीव हरिबोल न्यौपाने , कोषाध्यक्ष होम प्रसाद पोखरेल एवं सात जना सदस्य सहित १४ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

समाचार वर्गहरू