जनमतकी अनिता देवी मन्त्री बन्दै, मोदी र किराँती मध्ये को किक आउट ?

88

काठमाडौं – प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ। यसअघी नै सरकारमा ल्याउने तयारी गरिएपनी प्रधानमन्त्री पत्नी सिता दाहालको मृत्युको कारण मन्त्री परिषद बिस्ता रोकिएको थियो ।

२५ सदस्यीय मन्त्रिपरिषदमा जनमतलाई सहकारमा सहभागी बनाउँदा वर्तमान मन्त्रिपरिषद्का एक सदस्यलाई हटाउनु पर्नेछ।

माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी अनिता देवीलाई मन्त्री नियुक्त गर्ने तयारी दाहालको छ।

जसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको नाम ‘हिट लिष्ट’मा छ। यि दुबैलाई हटाएर नुवाकोटका सांसद एवं माओवादी पोलिटव्युरो सदस्य हितमान तामाङलाई मन्त्री बनाउने बारे पनि माओवादीमा छलफल भएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू