जनमत पार्टी नयाँ सरकारमा सहभागी हुने

34

काठमाडौं – सिके राउतले नेतृत्वगरेको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ। बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै सरकारमा जाने निर्णय गरेको हो।

बैठकमा सहभागी जनमत पार्टिका नेता सन्तोष यादवका अनुसार बैठकले समानुपातिकतर्फको नाम पनि टुंगो लगाएको छ। ‘आज केन्द्रीय समिति बैठकले सरकारमा जाने विषयमा पनि निर्णय गर्‍यो,’ उनले भने।

पहिलोपटक संसदीय चुनावमा सहभागी जनाएको जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेपनी समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनिसकेको छ।

जनमत पार्टीका अध्यक्षसमेत रहेका सिके राउतले सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन्। पार्टीबाट प्रत्यक्षमा सिके राउत मात्र निर्वाचित भएका हुन् ।

बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको जनाइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू