‘जनयुद्ध दिवसको बिदा त पुर्व देखाएर पश्चिम हान्न रैछ’ – गोकुल बास्कोटा

8

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनयुद्ध दिवसको नाममा सरकारले सार्वजनिक विदा दिएको प्रति कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले केही समयअघिसम्म विदा बढी भयो भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु भएको दिनको सम्झनामा सरकारी बिदा दिएकोलाई ‘पूर्व देखाएर पश्चिम हान्ने नीति’ भन्दै ब्यङ्ग्य गरेका छन्।

त्यतिमात्र होइन उनले ‘मौकामा हिरा फोडेको’ टिप्पणी गरेका छन्। ‘अस्तिसम्म विदा बढी भो भन्थे-प्रम पुष्पकमल दहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ।तैं चुप मैं चुप।मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।’ बास्कोटाले लेखेका छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू