जबरजस्ती करणी अभियोगमा एक पक्राउ

59

(पर्सा) – जबरजस्तीकरण अभियोगमा एक जनालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका ५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू