जबरजस्ती करणी अभियोगमा कञ्चनपुरबाट एक पक्राउ

50

कञ्चनपुर – जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय अनिल राना रहेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकको छ ।

समाचार वर्गहरू