झापा – जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरीगंज गाउँपालिका-३ बस्ने ३३ वर्षीय अरुण राजबंशी रहेका छन् ।
३६ वर्षीया एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजबंशीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीपछि कोरोबारी चौकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।