जबरजस्ती करणी अभियोगमा ललितपुरबाट एक पक्राउ

21

ललितपुर – बालिकालाई जबरजस्ती करणी अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र जबरजस्ती करणी गरेका थिए ।

महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू