ललितपुर – बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारी रहेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भण्डारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी पछि महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।