जबरजस्ती करणी उद्योग अभियोगमा एक पक्राउ

41

काठमाडौं – किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा काठमाडौंबाट एक जनालाइृ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-१ भुजेलटोल बस्ने ४० वर्षीय टेक बहादुर भुजेल रहेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

भुजेलले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबरपछि नाङलेभारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू