काठमाडौं – जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका-१ घर भएका ३१ वर्षीय दावा शेर्पा र धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-५ बनिनियाँ भंगाहा बस्ने २४ वर्षीय दिपक कुमार यादव रहेका छन् ।
ताप्लेजुङकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-३ बस्ने संखुवासभाका ३१ वर्षीय शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
धनुषाकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँ गाउँपालिका-५ बनिनियाँ भंगाहा यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।