गुल्मी – २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ गुल्मीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मालिका गाउँपालिका-४ भुसपोले बस्ने ४५ वर्षीय जिवा गिरी, सोही गाउँपालिका-५ हिले बस्ने २६ वर्षीय मोहोन कार्की र सोही गाउँपालिका-४ सैरीपोखरा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।