एजेन्सी – यूईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि जमर्नीले बराबरीको नतिजा निकालेको छ । आइतबार राति समूह डी अन्तर्गत स्विट्जरल्याण्डको बसेलमा भएको खेलमा जर्मनीले स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु टोलीविरुद्ध अग्रता लिएर पनि जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बनेको हो ।
इन्के गुन्डोगनले खेलको १४ औं मिनेटमा गोल गर्दै जर्मनीलाई खेलमा अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा सिल्वन विडमरले पेनाल्टी एरियाबाट गोल गर्दै स्विट्जल्याण्डका लागि बराबरी गोल फर्काए ।
त्यसपछि थप दुबै टोलीबाट गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा टुंगियो । बराबरीपछि जर्मनी २ खेलबाट २ अंक जोडेर लिग ‘ए’ ४ मा तेस्रो स्थानमा तथा १ अंक जोडेर स्वीट्जरल्यान्ड लिग तालिकाको पुछारमा छ ।