जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु – सभापति देउवा

105

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै राजनीतिक दलहरूको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्यधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको उल्लेख गरे । निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरूले हिमाली क्षेत्रको समुदायलाई मात्र नभइ तल्लो तटीय समुदाय पनि प्रभावित बनेको बताए ।

सबै राजनीतिक दलहरूलाई एउटै साझा मञ्चमा ल्याई संवाद, सहमति, समन्वय र सहकार्यका माध्यमबाट अघि बढ्ने वातावरण तयार गर्न प्रतिवद्ध रहेको र पार्टी सभापतिको हैसियतले स्वयं नेतृत्व लिन तयार रहेको उनले बताए।

सभापति देउवाले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा पुष्टि हुनु स्वयंमा गहिरिँदो जलवायु संकटको चेतावनी भएको धारणा राखे। अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिएर विश्वले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्न आवश्यक रहेको उहाको भनाइ छ।

समाचार वर्गहरू