जल्दा जल्दैको शव चिताबाटै प्रहरी नियन्त्रणमा

3
गुगल फोटो

काठमाडौं – सर्लाहीको हरिपुरमा जल्दै गरेको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । हरिपुर नगरपालिका–६ लक्ष्मीपुरकी इन्द्रकला देवीको शव प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शवको केही भाग जलिसकेको अवस्थामा राजाराम साहकी श्रीमती इन्द्रकलाको शव नियन्त्रणमा  लिई अनुसन्धान सुरु गरेको छ ।

५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिटपछि राजाराम फरार भएकाले प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू