दाङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली सरकारको अधिनायकवादका विरुद्धमा डटेर लडनु पर्ने अवस्था आएको बताएका छन् । उनले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र राष्ट्रघाती कदमविरुद्ध संयुक्त रुपमा आन्दोलनको आवश्यकता रहेको बताए ।
राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा राष्ट्रघाती कदम र संयुक्त आन्दोलनको आवश्यकता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसी यस्तो बताएका हुन् ।
नेपालमा राणा, राजा, पन्च सबै संयुक्त आन्दोलन र जनताको तागतले हटेको भन्दै उनले ओलीको अधिनायकवाद पनि यसै गरी हट्ने विश्वास व्यक्त गरेका छन् ।
जसपाका केही नेता मन्त्री बनेकोप्रति लक्षित गर्दै नेता केसीले भने ‘जसको नेपाली नागरिकता नै छैन उनै अब सरकार संचालक बन्दैछ्न्’, उनले भने, ‘यसैले पनि बुझाउछ देशको अवस्था कस्तो छ भन्ने कुरा ।’
अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइनसहित अगाडि बढाउन लागेको आरोप लगाए । यो कुरा सबैले बुझ्नुपर्छ र संयुक्त आन्दोलन अगाडी बढाउनु पर्नेमा जोड दिए ।