जसपाको ठाकुर पक्ष दुई मन्त्रालय लिएर सरकारमा जाने

7

काठमाण्डौं – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जाने भएको छ ।

बुधबार बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो ।

ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाको उपेन्द्र यादव पनि सहमत रहेकाे स्रोतले जानकारी दियो । महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइसकेको छैन् ।

साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो ।

समाचार वर्गहरू