जसपाबाट मन्त्री चयन गर्ने जिम्मा तीन शिर्ष नेतालाई

17

काठमाडौं – जनता समाजवादी पार्टीले देउवा सरकारमा सहभागी हुने पार्टीका मन्त्रीहरुको नाम चय गर्ने जिम्मा तीनजना नेतालाई दिएको छ ।

बुधबार सकिएको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्रीहरुको नाम चय गर्ने जिम्मा दिएको कार्यकारिणी सदस्य मो. इस्तिायक राइले जानकारी दिए।

बुधबार नै बसेको सत्तारुढ गठबन्धनको बैठकले छिटै मन्त्रिपरिषद विस्तार गर्ने निर्णय लिएको थियो। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको बुधबार १५ दिन पुग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।

संविधानले २५ सदस्यीयभन्दा माथि नबढाई मन्त्रिमण्डल बनाउन पाइने व्यवस्था गरेको छ। अब कम्तिमा १९ जनामन्त्रीहरु थपिने सम्भावना छ। तर, गठबन्धन दलहरुबीच मन्त्रालय र मन्त्री बन्ने व्यक्तिको टुंगो नलागेकाले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

समाचार वर्गहरू