जसपामा कारबाहीको श्रृंखला, महन्थले पनि उपेन्द्रलाई पार्टी सदस्यबाट निकाले

11

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरपक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गरेको छ। बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

यादवलाई कारवाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउनेछ। यसअघि यादवपक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही गरी निर्वाचन आयोगमा पत्राचार गरिसकेको छ।

उपेन्द्र पक्षले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ । ओली सरकारमा सहभागी हुने भएपछि महन्थ पक्षलाई कारबाही गरिएको यादव पक्षले जनाएको छ ।

समाचार वर्गहरू