सिन्धुपाल्चोक – गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा निर्वाचित स्थानिय तहका जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
यसै क्रममा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालकालागी निर्वाचित निमा ग्यालजेन शेर्पाले आफुले सपथ लिएसँगै हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने लगायत सम्पुर्ण जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
“मेरो प्रतिपक्षी वा विपक्षी कोहि छैनन् ।” सपथ ग्रहणका क्रममा शेर्पाले भने “जनप्रतिनिधि शाशक होइन सेवक हो । हामि जनताको काम गर्छु भनेर आएका हौं । जसले जनताको काम गर्दैन उहि मेरो नजरमा विपक्षी हो ।”
सो क्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई जनगुनासो नआउनेगरी काम गर्न निर्देशन दिँदै शेर्पाले भने “सबैले आफ्नो वडामा जनसरोकारका कुनै काम पनि जनताले चाहेकै समयमा सम्पन्न गरेर वास्तविक जनप्रतिनिधि बनेर देखाउन अनुरोध छ ।”
चुनाव अगाडी जुन जोश जाँगरले भोट मागेको छ अबका दिनमा जनताको काम पनि त्यहि जोशले गर्नुपर्ने उनको भनाई थियो ।
शेर्पाले आफ्नो पदभार ग्रहण कार्यक्रमभने सोमबार बिहानका लागी तय गरेका छन् ।