जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन, राष्ट्रिय झन्डा आधा झुकाइने

191

काठमाडौं – सरकारले सौर्य एयरलायन्सको विमान दुर्घटना सम्बन्धमा पाँच सदस्यीय जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग बनाएको हो।

समितिमा दीपु ज्वारचन, सुदीप भट्टराई, संजय अधिकारी र मुकेश डंगोल रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार समितिले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ।

बैठकले विमान दुर्घटनाप्रति स्तब्ध भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

विमान चालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी दिए। बैठकले जहाज दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको उनले बताए।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू