जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई सिन्धुपाल्चोकका तीन स्थानीय तहको सहयोग

6

चित्र मिजार/सिन्धुपाल्चोक – भूकम्पले थिलथिलो भएको जाजरकोट र पश्च्यिम रुकुम पुगेर सिन्धुपाल्चोकका तीन स्थानीय तहले भूकम्पपीडितलाई सहयोग गरेका छन् । बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, भोटेकोशी गाउँपालिकाका प्रमुख र अध्यक्ष, वडा अध्यक्ष जाजरकोट र पश्चिम रुकुम पुगेर न्यानो सिरक सहयोग गरेका हुन् ।

जाडो छल्नका लागि बाह्रबिसे, त्रिपुरासुन्दरी र भोटेकोशी पालिकाले भूकम्पपीडितलाई सिरक सहयोग गरेका छन् । बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेतले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई ६ सय ५४ थान सिरक सहयोग गरेको जानकारी दिए । जाजरकोटका ४ सय ४५ परिवार र पश्च्यिम रुकुमका २ सय ३ परिवारलाई उक्त सहयोग प्रदान गरिएको उनले बताए ।

मेयर बस्नेतका अनुसार तीन पालिकाले जारजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई ३५ लाख बराबरको न्यानो सिरक सहयोग गरिएको छ । उनका अनुसार दुबै जिल्लाका १५ सय भूकम्पपीडितलाई तीन वटा पालिकाले गरेर १५ सय वटा सिरक सहयोग गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाले पश्चिम रुकुमका पीडितलाई ३ सय ५० थान र जाजरकोटका पीडितलाई ८० थान न्यानो सिरक सहयोग गरेको अध्यक्ष भक्तध्वज बोहराले बताए ।

त्यस्तै भोटेकोशी गाउँपालिकाले जाजरकोटका भूकम्पपीडितलाई २ सय ३० थान, पश्चिम रुकुमका २ सय भूकम्पपीडितलाई न्यानो रिक सहयोग गरेको अध्यक्ष पासाङर्नुपु शेर्पाले जानकारी दिए ।

तीनै स्थानीय तहका मेयर, अध्यक्ष, वडा अध्यक्ष र जनप्रतिनिधि जाजरकोट र पश्चिम रुकुम पुगेर पीडितका हातहातमा सिरक प्रदान गरिएको हो । उक्त नगर र गापाले जाजरकोट र रुकुम पश्चिम भूकम्पपीडितलाई सोही समयमा प्रतिबद्धता गरेका थिए । एक महिना अगाडि नै जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई बाह्रबिसे नगरले १५ लाख, त्रिपुरासुन्दरी र भोटेकोशी गापाले १०÷१० लाख बराबरको सहयोग गर्ने उद्घोष गरेको थिए ।

फोटो क्याप्सनः जाजरकोट र पश्च्यिम रुकुम पुगेर भूकम्पपीडितलाई न्यानो सिरक सहयोग गर्दे बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरी गापा अध्यक्ष भक्तध्वज बोहरा र भोटेकोशी गापा अध्यक्ष पासाङर्नुपु शेर्पा ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू