‘जापान पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

55

काठमाडौं – जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बाँकेको बैजनाथ गाउँपालिका– ५ की २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४/१५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको भन्दै परेको उजुरीलाई आधार मानेर प्रहरीले तिर्सनालाई पक्राउ गरेको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी आयुश जोशीले वैदेशिक रोजगार विभागमा उजुरी परेको र पक्राउ आदेश आएकाले तिर्सनालाई पक्राउ गरिएको जानकारी दिए।

उनले जापानमा वर्किङ भिसामा पठाइदिने भन्दै रकम असुलेको आरोप रहेको छ।

समाचार वर्गहरू