जिप दुर्घटनामा परी रामेछापमा दुईको मृत्यु

14

(रामेछाप) – रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दोरम्बा गाउँपालिका २ दोरम्बा ढाक्रेबासपमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी १० जना भन्दा बढी घाइते भएका छन् ।

यात्रु लिएर दोलखाको सैलुङ गाउँपालिका ८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नम्बरको जिप दुर्घटनमा पर्दा सैलुङ गाउँपालिका ८ की १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करीब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

समाचार वर्गहरू