काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोमा नेपालकी देविका खड्काले स्वर्ण जितेकी छिन् ।
सातदोबाटोस्थित आर्मीको कभर्डहलमा देविकाले ५२ केजी मुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् ।
भारतीय खेलाडीलाई पराजित गर्दै उनले स्वर्ण जितेकी हुन् ।