जुम्लाको चन्दननाथमा पोषिला आहारा बोकेर घरघरमै पुगिन मेयर सेजुवाल

17

काठमाडौं – जुम्लाको चन्दननाथ नगरपालिकाले घरघरमै  पुगेर पोषिला आहारा,स्वास्थ्य सामाग्री र भिटामिन वितरण गरेको छ ।  नगरस्तरीय विपद व्यवस्थापन समितिले संक्रमितका घरघरमा पोसिला आहारा संगै स्वास्थ्य सामाग्री पुराउने निर्णय गरेसंगै जनप्रतिनिधि,स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर संक्रमितका घरघरमा पुगेका हुन् ।

घरमा बसेका र अस्पतालबाट फर्किने गरी पहिलो चरणमा चन्दननाथका ५५ जना संक्रमितलाई घरघरमै पुगेर पोषिलो आहारा,स्वास्थ्य सामाग्री र भिटामिन दिइएको छ ।  भने,होमआइसोलेसनमा बस्दा अनपाउनु पर्ने उपाय सिकाउनुका साथै मनोबल उच्च पार्न परामर्श समेत दिइएको हो  ।

चन्दननाथ नगरपालिकाका १० वटै वडाकाका ५५ संक्रमितलाई निको नभए सम्मका लागि पुग्नेगरी घरमै पुगेर चना २ केजी,अण्डा १ क्यारेट,च्यावनप्रास १ बट्टा,१५ दिनका लागि भिटामिन सि र भिटामिन बि, साथै साबुन २ चक्की, सेनिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको चन्दननाथका विपद व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए ।

कोरोनालाई जित्ने रोग प्रतिरोधात्मक क्षामता बढाउन, संक्रमितको स्वास्थ्य स्थित बुझ्न जोखिम मोलेरै भएपनि संक्रमितका घरघरमा पुगेर पोषिला आहारा दिनुका साथै परामर्श दियएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताईन् ।

नगरपालिकाका संक्रमितको जीवन रक्षाका लागि सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि खटिएको र सक्रमितका जस्तासुकै समस्या नगरपालिकाले समधान गर्ने समेत मेयर सेजुवालको भनाई छ । साथै,उनले कोभिड एम्बुलेन्सका लागि भ्यान भाडामा लिने,आबश्यकता अनुसार संक्रमित ओसार्न एम्बुलेन्स प्रशासनलाई दिने तयारी भएको सुनाईन् ।

जिल्लाकै सबैभभन्दा बढी संक्रमित रहेको  चन्दननाथ नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियानलाई जोड दिइएको छ । भने, होमआइसोलेसनमा बसेकाहरुबाट संक्रमण फैलिने त्रास बढेकोले उनिहरुलाई सम्झाउने र पोसिला खानेकुरा दिने तथा स्वास्थ्यकर्मीले संक्रमितको नियमित निगरानी राखेको चन्दननाथकी मेयर सेजुवालले बताइन ।

उनिहरुको मनोबल उच्च बनाउन, संक्रमण फैलिन नदिन सबै स्थानीयतहले घरघरमा पोसिला खानेकुरा पुराउने, होमआइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपाय,खानपानका बारेमा सिकाउने कुरामा जुम्ला अन्य सातै तहले जोड दिन आबश्यक देखिन्छ ।

समाचार वर्गहरू