जुम्लामा नुन नपाएको भन्दै साल्ट ट्रेडिङमा हुलदंगा

2

काठमाडौं – जुम्लामा दिनभरि लाइनमा पालो कुरेर बस्दा पनि नुन नपाएको भन्दै स्थानीयहरुले जुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनको  कार्यालयमा ढुंगामुढा गरेका छन्।

चाहिए जति नुन नपाइने र पछिसम्म नुनको हाहाकार हुनसक्ने हल्ला फैलिएपछि आइतबार नुन लिन आउनेहरूको भिड लागेकोले हुलदंगा भएको हो ।

स्थानीय दोभान शान्ति युवा क्लबले स्वयंसेवक खटाएर भिड नियन्त्रण गर्ने प्रयास गरिरहेको थियो। त्यसले दुई घण्टा जति व्यवस्थापन पनि गर्‍यो। त्यसपछि भने सानो शक्तिले भिड नियन्त्रण गर्ने स्थिति बनेन्।

नुन लिन गएका पर्खालबाट पस्न थालेपछि लाइनमा बसेकाहरुले आक्रोश व्यक्त गरेका थिए। पालो मिचेर नुन दिन खोज्दा भिड अनियन्त्रित बनेको थियो। सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी नै साल्ट टेड्रिङको कार्यालयमा पुगेको थियो।

प्रहरी पुगेपछि भिड नै आक्रोशित भएर कार्यालय र गोदामका ढोका तोडफोड समेत भएको थियो।

साल्ट ट्रेडिङ कर्पोरेसन जुम्लाका प्रमुख खगेन्द्र मल्लले भने नुनको अभाव नभएको बताए। ‘अलि अगाडि हामीसँग नुनको मौज्दात कमै मात्रामा थियो। प्रतिव्यक्ति ३ किलो मात्रै नुन वितरण गरिरहेका छौं’, उनले भने, ‘तर असार ३१ पछि प्रतिव्यक्ति पाँच किलो नुन दिने निर्णय गरेका थियौं।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू