काठमाडौं – सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने बताएका छन् ।
डेढबर्ष पहिलेको हेलम्बु मेलम्ची बाढीले बगाएको मेलम्चीको पक्कीपुल यसअघी सिन्धुपाल्चोक २ मा नेकपा एमालेबाट निर्वाचित माननिय शेर बहादुर तामाङले दुईपटक मन्त्री बन्दासमेत कुनै पहल नगरेपछी त्यहाँका स्थानियले गठबन्धनसँग पुल बनाउन माग गरेका थिए ।
उनले सिन्धुपाल्चोकको विकास गर्ने जिम्मा आफ्नो लगायत गठबन्धनको काँधमा आएको भन्दै तत्कालै योजना बद्द रूपमा विकासको काममा अहोरात्र खट्ने बताएका हुन् ।
निर्वाचित भए पश्चात शुक्रबार मेलम्चीमा आयोजित मतदातालाई धन्यवाद तथा बिजय र्यालिलाइ सम्बोधन गर्दै बस्नेतले जनतलाई विकास भनेको यस्तो रहेछ भनेर अनुभुती हुनेगरि काम गर्ने बताएका छन् ।
कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेशसभा १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल शरद,प्रदेश सभा २ बाट निर्वाचित कृष्ण कुमार तामाङ समिर लगायतले मतदातालाई धन्यवाद ब्यक्त गर्दै जनताले दिएकोजिम्मेवारी इमान्दारीकासाथ आत्मसात गर्दै विकासको काममा प्रतिवद्ध भएर लाग्ने बताएका थिए ।