काठमाडौं – ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा कपिल ढकाल नियुक्त भएका छन्।
ज्योति बिकास बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ढकाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल यसअघि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गरेको अनुभव रहेको छ।
उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि छन्।