झापामा थप २८ मा कोरोना संक्रमण देखियो

54

(विराटनगर) – शुक्रबार झापामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विरानटरको कोसी अस्पताल र सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनाको कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन् ।

समाचार वर्गहरू