झापामा यसरी गरिँदैछ पर्यटकीय क्षेत्रको विकास

20

झापा – झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६÷७७ मा रु १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको पर्यटन बोर्ड काँकडभिट्टाका प्रमुख वासुदेव ढकालले जानकारी दिए ।

पन्ध्र स्थानीय तह रहेको झापामा सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकामा रु दुई करोड बजेट विनियोजन भएको छ । उहाँका अनुसार जिल्लाका १३ पालिकामा पर्यटकीय क्षेत्रको विकासका काम जारी रहेको छ ।

गौरादहको गौरादह पोखरी पर्यटकीयस्थलमा रु एक करोड ५० लाख, कमलधाप सिमसार पर्यटन पूर्वाधारमा रु एक करोड, कनकाई–८ मा वनभोजस्थलमा रु ८० लाख, अर्जुनधाराको सुखानी शहीद स्मृति पार्क निर्माणमा रु ५० लाख, शिवसताक्षी दोमुखाको बहुसांस्कृतिक उद्यान निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
यसैगरी भद्रपुर–१ को दियालो पर्यावरणीय तथा पर्यटकीय सिमसार क्षेत्रमा रु ४० लाख, मेचीनगर ११ र १२ रहेको कालिका सिमसार तथा पर्यापर्यटन विकासमा रु ५० लाख, कचनकवल–७ बनियानीमा रहेको वाल उद्यान पार्कमा रु ५० लाख, अर्जुनधारा–१ मा रहेको हलुवागढ सिमसार तथा पर्यापर्यटन विकासमा रु ५० लाख, दमकको आलेख पार्क निर्माणमा रु ५० लाख रकम विनियोजन गरिएको छ ।

कमल गाउँपालिका–५ स्थित आदिवासी जनजाति स्मृति उद्यानमा रु २० लाख, गौरादह–५ मा रहेको मदन भण्डारी उद्यानमा रु ५० लाख, दमक नगरपालिका–२ मा रहेको शहीद उद्यानमा रु १० लाख, हल्दिवारी–५ मा रहेको सोडागन्धी सिमसार पर्यटन प्रवद्र्धनमा रु १५ लाख, बिर्तामोड १० मा रहेको मधुपोखरी पर्यटन क्षेत्रको विकासमा रु २० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ ।

उनले सिमसार संरक्षण तथा पर्यापर्यटन, धार्मिक तथा पर्यटकीयस्थल पूर्वाधार निर्माण, कछुवा संरक्षण तथा दृष्य अवलोकन केन्द्र निर्माण सहित विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिए ।

 

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू