काठमाडौं – काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
शनिबार अविरल बर्षाको कारण त्रिभुवनराजमार्ग अन्तरगत चन्दागिरि नगरपालिका वडा नं २ र धादिङको सिमानामा पर्ने नागढुङ्गा नौविसे सडक खण्डको झ्याप्लेखोला पहिरामा सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा खटिएको ३५ जनाको टोलीले १४ जनाको शव निकालेको हो ।
प्रहरीका अनुसार एक हाइस र भारतिय नम्बर प्लेटको मालबाहक ट्रक निकालिएको र २ वटा जेसीबीले हटाउने कार्य भइरहेको छ ।