टाउको र हड्डी मात्रै बाँकी रहेको अवस्थामा एक शव फेला

22

धर्मेन्द्र प्रसाद यादव/ पर्सा – पर्सा जिल्लाको धोबिनि गाउँपालिकामा एक अज्ञात व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मंगलबार धोबिनि २ स्थित आस्वारी गाउँ को पश्चिम पट्टी नहरको छेउमा रहेको एकरुखमा झुण्डिएको अवस्था उक्त लास फेला परेको स्थानियले जनाएका छन् ।

आस्वारी गाउँका स्थानियले देखेपछि स्थानिय प्रहरीलाई खबर गरे पश्चात आस्वारी चौकी र ईप्रका पोखरियाको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मृत्यु भएका व्यक्ति को टाउको र हड्डी मात्रै बाँकी रहेको अवस्था छ भने मृतकको शरीरको सबै मासु स्यालले खाईसकेको छ ।

अहिले उक्त शव लाई पोष्टमार्टमकोलागि विरगंजस्थित नारायणी उप क्षेत्रि अस्पताल पठाइएको छ । स्थानीयका अनुसार मृतक भारतको बसन्तपुर गाउँको भनिएतापनी पहिचाहन हुन नसकेको प्रहरीको भनाई छ।

समाचार वर्गहरू