टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध अदालतको अंकुश

20

काठमाडौं – चिनियाँ भिडियो साझेदारी एप (अनुप्रयोग) टिकटकको बारेमा ट्रम्प प्रशासनको निर्णयविरुद्ध अमेरिकाको एक अदालतले अंकुश लगाएको छ । यसअघि ट्रम्प प्रशासनले टिकटकको नयाँ एप डाउनलोडमा प्रतिबन्ध लगाएको थियो ।

यो प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टा अघि वाशिंगटनका जिल्ला न्यायाधीशले टिकटकको मालिक बाइटडेन्सको अनुरोधमा टिकटकको नयाँ एप डाउनलोड गर्न प्रतिबन्ध लगाउने निर्णय अस्थायी रुपमा स्थगित गर्न आदेश जारी गरेको हो ।

न्यायाधीशले यस्तो आदेश जारी गर्नुको कुनै कारण खुलाएका छैनन् तर उनले यस विषयमा पछि निर्णय गर्ने बताएका छन् । सुनुवाइको क्रममा बाइटडेन्सका वकिलले उक्त प्रतिबन्धलाई अव्यवहारिक ठहर गर्दै भने, “आज रातिबाट यो प्रतिबन्ध लगाउनुको अर्थ के हो ? जबकि यो अझै वार्तामा छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्तमा एक आदेश जारी गर्दै टिकटक राष्ट्रिय सुरक्षालाई खतराको रूपमा रहेको आरोप लगाउँदै यसको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थिए । तर, चिनियाँ कम्पनीले राष्ट्रपति ट्रम्पको आरोपको खण्डन गर्दै आएको छ ।

बाइटडान्स नामक चिनियाँ कम्पनीले सन् २०१७ मा अन्च गरेको थियो । विश्वमा टिकटकका ५० करोड भन्दा बडी प्रयोगकर्ता छन् भने अमेरिकामा मात्रै यसको करीब ८ करोड प्रयोगकर्ता रहेका छन् ।

समाचार वर्गहरू