(काठमाडाैं) – कलङ्की नजिकै खसी बजारमा रोकिराखेको टिपरमा माेटरसाइकल ठाेक्किँदा चालकको मृत्यु भएकाे छ ।
ट्राफिक प्रहरीले सुरक्षा जाँचका लागि रोकेको टिपरमा मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको मृत्यु भएकाे हाे ।
शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिपरमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीले टिपर चालकलाई पक्राउ गरेकाे छ ।