मध्यबिन्दु/वीरेन्द्रनगर — सुर्खेतको विरेन्द्रनगरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले टायर बालेर प्रदर्शन गरेका छन् ।
आज (मंगलबार) बिहान वीरेन्द्रनगरको मूलपानी चोकनजिकै भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिकाका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको हो ।
टिपर चालकको लापरवाहीका कारण दुर्घटना भएको भन्दै प्रदर्शनकारीले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुको साथै बजार क्षेत्र समेत बन्द गराएका छन्
अवस्था तनावपूर्ण बनेपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।