काठमाडौं – काठमाडौंको टुँडिखेलमा अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् ।
माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।
भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए ।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।
टुँडिखेलमा थारु समूदायले थारु राष्ट्रिय माघी महोत्सव र मगर समुदायले पनि माघी महोत्सव मनाइरहेका छन् ।