टेलिफोन नम्बर वेबसाइटबाटै थाहा पाउन सकिने

53

काठमाडौं – नेपाल टेलिकमको वेबसाइटबाटै कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । कम्पनीको वेबसाइटबाट आवश्यक टेलिफोन नम्बर हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

यसअघि आवश्यक टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेको थियो ।
नेपाल टेलिकमको वेब पेज www.ntc.net.np.pstn मा लगअन गरी आवश्यक पिएसटीएन टेलिफोन नम्बर लिन सकिने छ ।

विगतमा पनि पिएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जितरुपमा सञ्चालनमा ल्याइएको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू