टोटनह्याम र एभर्टनबीचको खेल १-१ को बराबरी

15

(एजेन्सी) – ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनसँग बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा टोटनह्यामले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ६३ औं मिनेटमा डेले अलीको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ७९ औं मिनेटमा टोटनह्यामका सन ह्युङ मिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो ।

सेन तोसुनले ९७ औ मिनेटमा हेडमार्फत गोल गर्दै टोटनह्यामलाई अंक बाँड्न बाध्य बनाए । तर एभर्टनका आन्द्रे गोमेज गम्भिर चोट बोक्दै मैदान बाहिरिएपछि खेलको नतिजा छाँयामा पर्यो । बिरामीका कारण ह्यारी केन अनुपस्थित रहेको खेलको ६३ औ मिनेटमा डेली अलीले टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

सन ह्युङ मिनको खराब ट्याकलका कारण गोमेज खुट्टमा गम्भिर चोट बोक्न बाध्य भए । टोटनह्याम १३ अंक सहित तालिकाको ११ औ स्थानमा छ । एभर्टन ११ अंक जोड्दै रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

समाचार वर्गहरू