ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

20

रासस/चितवन – चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा १ क ६२५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ५७ प १९ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

समाचार वर्गहरू