ट्रायथोलनमा सोनी गुरुङलाई स्वर्ण

21

(पोखरा) – दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करण अन्तर्गत ट्रायथोलनमा नेपाली सोनी गुरुङले स्वर्ण जितेकी छिन् ।

पोखरामा सोमबार भएको महिला ट्रायथोलनतर्फ सोनीले स्वर्ण जितेकी हुन् । पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् ।

यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् । रजत र कास्य पदक भने भारतले जितेको छ । साग अन्तर्गत ट्रायथोलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।

गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए । प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

समाचार वर्गहरू