ट्रेड युनियन कांग्रेस भक्तपुरको जीवन समर्थन गोष्ठी

38

भक्तपुर – नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुर जिल्ला समितिले जापान अन्तर्राष्ट्रिय श्रम संगठन ( जिलाफ ) को सहयोगमा अनौपचारिक क्षेत्रका श्रमिकलाई एक दिने जीवन समर्थन , लाईफ सपोर्ट सेमिनार आयोजना गरेका छन् ।

सेमिनारमा विभिन्न अनौपचारिक क्षेत्रका श्रमिक जसलाई राज्यले दिने विभिन्न सेवा सुविधाकोबारे जानकारी नभएकालाई जानकारी गराउने र कोभिड-१९ कोबारे श्रमिकहरुलाई सचेतना दिदै आएका छन् ।

सेमिनारमा व्युटिपार्लर,ईम्ब्रोइडरी, र गृह श्रमिक, कृषि श्रमिकहरु सहभागी रहेको ट्रेड युनियन कांग्रेस भक्तपुरका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले नेपाली श्रमिकहरुको हकहित संरक्षण गर्नुकासाथै जिलाफको सहयोगमा विभिन्न जिल्लाका अनौपचारिक क्षेत्रका श्रमिकलाई विभिन्न तालिम प्रदान गरि रोजगारी सृजना गर्दै आएको बताए ।

जिलाफका महासचिव रियो साइतोले एसजिआरए परियोजनामार्फत अनौपचारिक क्षेत्रको श्रमिकलाई विभिन्न तालिम प्रदान गरि उनीहरुको जीवनस्तर माथी उकास्ने सहयोग पुग्ने बताए । साइतोले कोभिडका कारण श्रम क्षेत्रमा नकारात्मक प्रभाव पारेकोले एसजिआरए परियोजनाको महत्त्व अझ बढ्दै जाने बताए । जिलाफका उपमहासचिव तोशि साईतोले नेपाल लगायत विभिन्न विकासोन्मुख देशहरुका ट्रेड युनियन हरुको क्षमता वृद्धि एवं आर्थिक अवस्था कमजोर भएका अनौपचारिक क्षेत्रका श्रमिकलाई एसजिआरए. परियोजनामार्फत रोजगारमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउदै आएको बताए ।

ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश बहादुर केसि र केन्द्रिय सदस्य बलदेव तामाङले एसजिआरए परियोजनाले अनौपचारिक श्रमिकलाई स्वरोजगार बनाउन महत्वपुर्ण सहयोग गरेको बताए ।

जिलाफका फिल्ड कोआर्डिनेटर मोरिशिताले नेपालका अनौपचारिक क्षेत्रका श्रमिकको जिवनस्तरमाथि उठाउने सके देशकै आर्थिक विकास हुने बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले कोभिडबारे, ट्रेड युनियन कांग्रेसका कार्यकारी प्रमुख इन्द्रदेव यादवले जीवन उपयोगी तालिम दिएका थिए ।

ट्रेड युनियन कांग्रेसले जीलाफकै सहयोगमा सन् २०११ देखि विभिन्न ७ वटा जिल्लाहरुमा सपोर्टिङ ग्रास रुट एक्टिभिटी ( एस.जि.आर.ए.) परियोजना समेत संचालन गर्दै आएका छन् ।

यस परियोजना अन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गर्ने, निरक्षर श्रमिकलाई अनौपचारिक शिक्षा कक्षा संचालन गर्ने, जीवन समर्थन गोष्ठी – लाईफ सपोर्ट सेमिनारमार्फत राज्यले दिदै आएको विभिन्न सेवा सुविधा र जीवन उपयोगी जानकारी दिदै आएको नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव एवं जीलाफका फोकल पर्सन गणेश बहादुर केसिले जानकारी दिए।

यसैगरी लाईफ सपोर्ट सेमिनारमा भाग लिएकै मध्येबाट उनीहरुको रुचि अनुसार व्युटिसियन, सिलाई बुनाई, अटोमोबाईल, आल्मुनियम , सटर निर्माण , कृषि लगायत विभिन्न निशुल्क रोजगारमुलक तालिम प्रदान गरी रोजगारी सृजना गर्दै यस परियोजनामा सम्बद्ध नेटवर्क मेम्बरहरुबाटै कोअपेरेटिभ स्थापना गरी व्यवसाय संचालन गर्न लोनको व्यवस्था गर्दै आएका छन् ।

कार्यक्रम रोजगारदाता , सरकार एवं आईएलओसंग समेत सहकार्य गर्दै श्रम बजारमा आवश्यक सिपयुक्त जनशक्ति उत्पादन गर्ने भएकोले परियोजनाको प्रभावकारी हुदै गएको जिलाफका नेपाल प्रतिनिधि लक्ष्मण शाहीले बताए । यस एसजिआरए परियोजनाबाट हालसम्म हजारौं श्रमिक लाभान्वित भईसकेको फोकल पर्सन केसिले बताए ।

समाचार वर्गहरू