ट्रेड युनियन काङ्ग्रेस पर्साले गर्‍यो विपन्न विद्यार्थीलाई राहत वितरण

24

(पर्सा) – नेपाल ट्रेड युनियन कांग्रेस पर्साले १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अनौपचारिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा दलित बिद्यार्थीहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ  । ट्रेड युनियन कांग्रेसले विगत दशौ वर्षदेखी शिक्षाबाट बन्चित कमजोर आर्थिक अवस्था भएका श्रमिकका बच्चाहरुलाई विभिन्न ९ जिल्लाहरुमा तिन वर्षे निशुल्क अनौपचारिक शिक्षा स्कुल संचालन गर्दै आएको छ ।

विरगन्ज महानगरपालिका -२२ मनियारीमा संचालित सोहि विद्यालयमा अध्ययनरत ५० जना दलित बिद्यार्थीहरुलाई जनही १० किलो चामल , १ किलो दाल, १ प्याकेट तेल, १ प्याकेट नुन र २ वटा साबुन निशुल्क वितरण गरेको पर्सा जिल्ला अध्यक्ष छोटेलाल प्रसादले जानकारी दिए ।

उक्त राहत वितरण कार्यक्रममा प्रदेश -२ का अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी,उपाध्यक्ष प्रदीप कुमार जैसवाल , पर्सा उपाध्यक्ष चन्द्रनारायण सिंह रिजाल , सचिव हरेन्द्र महतो लगायत ट्रेड युनियनकर्मीहरु उपस्थित थिए ।

समाचार वर्गहरू