(भक्तपुर) – नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुरले संचालन गर्दै आएको निशुल्क अनौपचारिक शिक्षा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ । ट्रेड युनियन कांग्रेसले विगत दशौ वर्षदेखी शिक्षाबाट बन्चित कमजोर आर्थिक अवस्था भएका श्रमिकका बच्चाहरुलाई विभिन्न ९ जिल्लाहरुमा यस्तै तिन वर्षे निशुल्क अनौपचारिक शिक्षा स्कुल संचालन गर्दै आएको छ ।
मध्यपुरथिमीको बोडेमा संचालित उक्त विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई लकडाउनका कारण अभिभावक काम विहिन भई दैनिक छाक टार्न समेत गाह्रो अवस्था भएकोले जनही १० किलो चामल , १ किलो दाल, १ प्याकेट तेल, १ प्याकेट भुजिया ,१ प्याकेट दालमोठ र साबुन निशुल्क वितरण गरेको जिल्ला अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।
राहत वितरणमा , ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, केन्द्रीय सदस्य बलदेव तामाङ, जिल्ला अध्यक्ष विष्णु खडका, ट्रेड युनियन कांग्रेसका नेता टंकमणि अधिकारी , जिल्ला सचिब , कोषाध्यक्ष लगायत ट्रेड युनियनकर्मिहरुको उपस्थिति रहेको थियो ।